काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी बनेका हुन् ।
अध्यक्ष गुरुङले ७ हजार ९९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङले ६ हजार ६ सय १७ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षमा पनि काँग्रेसकै सीता अधिकारीले ६ हजार ३ सय ७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले ५ हजार ९ सय ५१ मत प्राप्त गरिन् ।
९ वडा रहेको माछापुच्छ्रे गाउँपालिकामा काँग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्र वडा नं ७ र एमाले वडा नं ६ मा विजयी भएको छ ।