सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ मा काँग्रेस र माओवादी केन्द्रको उम्मेद्वारको बराबरी मत आएपछि गोलाप्रथाद्वारा वडाध्यक्ष चुन्दा काँग्रेसका उम्मेद्वार छविलाल न्यौपाने चुनिएका छन् ।
छविलाल र उनका प्रतिद्वन्द्वी उम्मेद्वार माओवादी केन्द्रका पुरुषोत्तम सापकोटाले ४ सय ९५ बराबरी मत ल्याएका थिए । अघिल्लो स्थानीय तह ०७४ निर्वाचनमा केही मतले निर्वाचित न्यौपाने निर्वतमान वडाध्यक्षसमेत् हुन् ।
बलेफी–२ सभामुख अग्नी सापकोटाको गृह वडा हो ।