November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी एमालेका श्रीराम आचार्यलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

बस्नेत ७२०१ मत सहित निर्वाचित भएका हुन् । बस्नेत गत वर्षको सथानीय तहको चुनावमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

यस्तै, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।

Advertisement