November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी

रुकुम पूर्व । डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा श्वबर्णकुमार बुढा र उपप्रमुखमा छिरिङ टोल्मा महत निर्वाचित भएका हुन् । बूढाले नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकायलाई पराजित गरेर विजयी बनेका हुन् ।

बूढाको १ हजार २ सय ८६ मत आयो भने रोकायले ९ सय ४५ मत ल्याएका छन् । उपप्रमुखमा महतले राष्ट्रिय प्रजातन्त्र पार्टीका विरमलकुमार भण्डारीलाई पराजित गरिन् । महतले ८ सय ४८ मत ल्याउँदा भण्डारीको पक्षमा ८ सय ८६ मत आएको छ ।

२०७४ मा ठूलीभेरी नगरप्रमुख एमालेले जितेको थियो भने उपप्रमुख राप्रपाले जितेको थियो । २०७४ मा एमाले र राप्रपा तथा कांग्रेस तथा माओवादी केन्द्र मिलेर निर्वाचन लडेका थिए ।

Advertisement