November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सप्तरीको सुरुङ्गा नगरपालिकामा काँग्रेसकी गीता चौधरी निर्वाचित, बनिन् पहिलो महिला नगरप्रमुख

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका गीता चौधरी निर्वाचित भएकी छन् । उाी तीन हजार मतान्तरले निर्वाचित हुँदै पहिलो पटक महिला नगरप्रमुख बनेकी छन् ।

चौधरीले ७ हजार २९२ मत प्राप्त गरिन् भने एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा काँग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याइन् ।

Advertisement

सप्तरीमा हालसम्म नेपाली काँग्रेसले चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ । वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, काँग्रेस र माओवादी केन्द्रले दुई/दुईमा जीत हासिल गरेका छन् ।