सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा मनोजकुमार आचार्य र उपमेयरमा रंजितादेवी चौधरी निर्वाचित भएका हुन् ।
आचार्यले ८ हजार ४ सय ८० मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार समेत रहेका निवर्तमान मेयर मनोजकुमार देवकोटालाई २ हजार ५ सय २० मतान्तरले पराजित गरेका हुन् । देवकोटाले ५ हजार ९ सय ६० मत ल्याए ।
यस्तै, उपमेयरमा काँग्रेसकै चौधरी ८ हजार २ सय ६८ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी एकावतीदेवी ६ हजार ३ सय ५३ मत प्राप्त गरिन् । चौधरीले निवर्तमान उपमेयर एकावतीदेवीलाई पराजित गरेकी हुन् ।
१५ वडा रहेको ईश्वरपुरमा ६ वटा वडामा काँग्रेस, ६ वडामा एमाले जसपा, लोसपा र माओवादी एक/एक वडामा विजयी भएका छन् ।