November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेश एमालेका सागरकुमार थापालाई पराजित गरी विजयी बनेका हुन् ।

मतपरिणाम अनुसार नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरेका थिए भने थापाले २१ हजार ४ सय ५५ मत पाए। 

यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत पाएका थिए। 

Advertisement

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ। एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मतसहित उपमेयरमा निर्वाचित भएकी हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्रै पाए। यस्तै राप्रपाकी विन्दा कुमारी लुइटेल आचार्यले ६४०१ मत पाइन्।