November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

कञ्चनपुरको कृष्णपुर नगरपालिका मेयर र उपमेयरमा काँग्रेस विजयी

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा हेमराज ओझा र उपमेयरमा द्रोपती राना विजयी भएका हुन् ।

मेयरमा निर्वाचित ओझाले १० हजार ४३४ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याएर दोस्रो भए । यस्तै, नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्तले ६ हजार ६ सय ७४ मत ल्याएर तेस्रो हुँदा नेकपा एकीकृत समाजवादीका सुरेन्द्रबहादुर बलमे ६ सय ७५ मत मात्रै प्राप्त गरे ।

उपमेयरमा निर्वाचित काँग्रेसकी रानाले ९ हजार ६७५ मत ल्याइन् । नेकपा एमालेकी रमिता रानाले ७ हजार ३ सय १६ मत ल्याउँदा माओवादीकी गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरिन् ।

Advertisement