काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा असार १ देखि हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो ।
गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।