November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक टर्मिनलको नयाँ प्रस्थान कक्षको उद्घाटन

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको उद्घाटन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको उक्त कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका हुन् ।

उद्घाटनको सन्दर्भमा मन्त्री आलेले पेसेन्जेरले उभिन नपर्ने र पाँच मिनेटमा नै आफ्नो लगेज लिएर जान सक्ने गरि स्ट्यान्डर्ड मेन्टेन गर्न पनि कर्मचारीलाई निर्देशन दिए । टर्मिनल भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौं महिनाभित्र काम सक्ने वातावण मिलाउन पनि आग्रह गरे ।

मन्त्री आलेले आफू पदमा रहुन्जेल कसैको शिर ननिहुरिने गरि काम गर्ने भन्दै कुर्सी अस्थायी भएकाले जति दिन बसिन्छ त्यति दिन राम्रो काम गर्न लागिरहेको उहाँको भनाइ थियो ।

Advertisement

यसअघिको प्रस्थान कक्ष निकै साँघुरो र फोहोर देखिएकाले नयाँ निर्माण गरिएको बताइएको छ ।