November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एउटै पार्टीमा त समस्या हुन्छ, गठबन्धनमा उत्पन्न समस्यालाई सामान्य लिनुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका भूतपूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिकअनावरणका क्रममा उपसभापति गुरुङले पाँच दलीय गठबन्धनभित्र समस्या उत्पन्न भएको बताएपछि जवाफमासभापति देउवाले पार्टीभित्र त समस्या हुन्छ भने गठबन्धनभित्र समस्या हुनु ठूलो कुरा नहुने जवाफ फर्काएका हुन् ।

देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरुले यसलाई बुझ्नुपर्छ ।’

Advertisement