काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिएका छन् । बुधबार बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएकोबारे आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताएका हुन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको अर्थमन्त्रीमाथि प्रश्न उठेको छ । उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको समयको सीसीटीभी फुटेज माग्दै अर्थ मन्त्रालयमा सूचनाको हकसम्बन्धी ऐन अनुसार निवेदन दिएको थियो । त्यसको जवाफमा अर्थ मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको बताएका थिए ।
अर्थ मन्त्रालयले संरक्षण गर्नुपर्ने सीसीटीभी फुटेज डिलिट गरेर साइबर अपराध गरेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिने क्रममा बुधबार अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज डिलिट ग¥यो भनेर भ्रम छरिएको बताए ।
‘कुन सीसीटीभिीको क्षमता मलाई कसरी थाहा हुन्छ ? ‘यो विषय प्राविधिक मान्छेहरुले अनुसन्धान गर्लान्, मैले डिलिट गर्न पर्ने पनि छैन र यसको ज्ञान पनि छैन’ उनले भने ।