November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री देउवाद्धारा श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

देउवाले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

सन्देशमा भनिएको छ“गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष महत्त्वपूर्ण छ र यसलाई आजको दिनमा विशेष रूपले स्मरण गरिन्छ । समस्त हिन्दूधर्मावलम्वीका आराध्य देव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भित रहेको छ ।’

Advertisement