काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने गरी बोलाइएको आकस्मिक बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिने र बिहान ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यससपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टी कार्यालयले जनाएको छ ।