काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच टिकट बाँडफाँटमा सहमति भएको छ । दुई पक्षबीच ७५ र २५ प्रतिशतमा सहमति भएको हो ।
सभापति शेरबहादुर देउवा केन्द्रीय सदस्य डा.शेखर कोइराला पक्षधरलाई समानुपातिक र प्रत्यक्षतर्फ टिकटमा २५ प्रतिशत हिस्सा दिन सहमत भएका हुन् । अब समानुपातिकतर्फको सूची समेत सच्याएर शेखर पक्षलाई २५ प्रतिशत हिस्सा दिने सहमति भएको छ ।
यसअघि दाबी गर्दै आएको ४० प्रतिशत दाबी गर्दै आएका कोइरालाले लचिलो बनेर २५ मा चित्त बुझाएपछि सहमति बनेको हो । काँग्रेसका नेताहरु सहमति बनाउन गएरातिदेखि जुटेका थिए ।
प्रत्यक्षतर्फ पनि काँग्रेसले पाउने सिटमध्ये शेखर पक्षले २५ प्रतिशत पाउनेछ । देउवाले ७५ प्रतिशतमै रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि पक्षलाई समेट्ने तय भएको छ ।