November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री देउवाको उम्मेदवारी पत्नी आरजुमार्फत दर्ता

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाले पत्नी आरजु राणामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी छन् ।

प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् ।

Advertisement