November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड धनगढी प्रस्थान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड नियमित उडानमार्फत धनगढी गएका हुन् । हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । 

प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । 

Advertisement