November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सवालको जवाफ दिएर प्रेस स्वतन्त्रता दिवस मनाइयोस् –प्रेस मञ्च नेपाल

काठमाडौं । प्रेस मञ्च नेपालले ३०औँ विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा विज्ञप्ति जारी गर्दै शुभकामना दिएको छ । अध्यक्ष कमन देवानद्वारा जारी विज्ञप्तिमा भनिएको छ –“नेपाल र विश्वभर प्रेस र वाक स्वतन्त्रताको सम्वाहकका रूपमा कार्यरत सम्पूर्ण श्रमजीवि पत्रकारहरूलाई प्रेस मञ्च नेपाल संघीय समितिको तर्फबाट हार्दिक शुभकामना र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।”

‘अधिकारको भविष्यलाई आकार दिँदैः अन्य सबै मानव अधिकारका लागि चालकको रूपमा अभिव्यक्तिको स्वतन्त्रता’ भन्ने मूल नाराका साथ विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको ३० वर्षः सवालै सवालमात्र
ऐतिहासिक सन्दर्भ जोड्ने हो भने सन् १९९३ को मे ३ का दिन संयुक्त राष्ट्र संघको महासभामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउनेबारे पहिलो पटक निर्णय लिइएको थियो । संसारभर ३० औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरू भइरहेको छ ।

Advertisement

तर साँच्चै मूल नारामा भनिए झैं अधिकारका लागि अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा भैरहेको छ त ? हाम्रो राज्य, व्यवस्था र सरकारहरू, सरकारका संयन्त्रहरू अभिव्यक्ति स्वतन्त्रताका लागि साँच्चै इमान्दार छन् त ? नेपाली सन्दर्भमा सामाजिक न्यायका लागि लडिएका लडाइँ र आन्दोलनहरूमा के साँच्चै मानव अधिकारको रक्षा भएको छ त ? भन्ने प्रश्न पनि विज्ञप्तिमा उल्लेख छ ।

साझा र स्वतन्त्र भनिएको नेपाल पत्रकार महासंघ के उत्पीडित समुदायका मागहरूका सन्दर्भमा पैरवी गर्न तयार हुनुपर्ने, नेपालका ठूला भनिएका मिडियाहरूले सीमान्तहरूको पहिचान र अधिकारको माग बोक्ने साहस गर्नुपर्ने, आवाज विहीनहरूका आवाज भएर ती साँच्चै मुखर हुनुपर्ने, गम्भीर प्रश्नहरूको माझ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइनुको औचित्य पुष्टि गर्नुपर्ने सवाल प्रेस मञ्च नेपालले गरेको छ ।