काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।
उनलाई बुधबार बिहान चाबहिलस्थित मैजुबहालबाट पक्राउ गरेको थियो । त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।
खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणमा बनाइएका नक्कली प्रतिवेदन र कागजात, उनी र निकटले पैसा लेनदेन गरेका प्रमाण र पछिल्लो बयानमा गृहसचिव टेकनारायण पाण्डेले नै खाणको संलग्नतामा आफूले काम गरेको स्वीकार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।