November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो ।

आजको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । उनीहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि सोमबारका लागि बैठक सारिएको हो ।

Advertisement