November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

सरकारको मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारको मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका थिए ।

यसअघिको मुख्यसचिव शंकरदा वैरागीलार्ई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको बताइएको छ । आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत गरेर सरकारले वैरागीलाई नयाँ जिम्मेवारी प्रदान गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

Advertisement