काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष स्वर्गीय सुवास नेम्बाङको परिवारलाई समवेदना सन्देश पठाएका छन् । नेम्बाङको निधनप्रति दुःख व्यक्त गर्दै पौडेलले नेपालले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गर्ने असल नेता गुमाएको बताएका छन् ।
आइतबार राष्ट्रपति पौडेलले नेम्वाङको परिवारलाई एक समवेदना सन्देशमा भनिएको छ, ‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।’
नेम्बाङ शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डो¥याउन सक्ने असल नेताको रुपमा पनि पाएको राष्ट्रपति पौडेलले बताएका छन् ।
समवेदना सन्देश लिएर राष्ट्रपतिका छोरीहरु शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकारको टोली नेम्वाङको घर पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।