November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज लुम्बिनी जाँदै

२०८० कार्तिक १४

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बुद्ध जन्मस्थल लुम्बिनी जाँदैछन् । उनी तीन दिने औपचारिक नेपाल भ्रमणका लागि आएका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी जान लागेका हुन् ।

महासचिव गुटेरेस मंगलबार बिहान ८ः३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने र त्यहाँबाट हेलिकोप्टरमा बिहान ८ : ५० बजे लुम्बिनी पुग्नेछन् । लुम्बिनी पुगेपछि उनलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिनेछ भने लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुलेसमेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर उनलाई स्वागत गर्नेछन् ।

मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

Advertisement

गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।