November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाने

२०८० कार्तिक १८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जाने भएका हुन्।

शुक्रबार राति पौने १२ बजे जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा त्यस क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

यसअघि भूकम्पमा परेकाहरूको उद्दार र राहतका लागि जुट्न तिनै तहका निकायलाई निर्देशन दिएका प्रधानमन्त्री प्रचण्ड खोज, उद्धार र उपचार व्यवस्थाका लागि आफैं प्रभावित क्षेत्रमा जान लागेका हुन्।

Advertisement

भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ।

उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ।