काठमाडौं । मध्यरातमा उपत्यकालगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुश भएको छ । राति १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार
मकवानपुरको चित्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी विवरण अद्यावधिक गरिसकेको छैन ।