विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा हातपात भएको हो।
स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको र राईको एउटा हात सुरक्षाकर्मीले समाएको देखिन्छ।
ओलीमाथि हातपात राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए। सोही क्रममा राईले ओलीलाई हातपात गरेका हुन् । मादक पदार्थ सेवन गरेको पाइएको र उनी कुनै राजनीतिक कार्यकर्ता नभएको प्रहरीले जनाएको छ ।