November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

राष्ट्रपति पौडेल बुटवल र तनहुँ जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल र तनहुँ जाने भएका छन् । राष्ट्रपति पौडेल कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

उनले आज गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त समारोह पछि उनी दिउँसो १ बजे रुपन्देही जितगढी किल्लाको अवलोकन गर्नेछन् ।

Advertisement

जितगढी किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल उक्त हस्तान्तरण कार्यक्रममा सहभागी भएर बेलुका काठमाडौं फर्किनेछन् ।