November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सञ्चारमाध्यमले राज्य र जनताका बीचमा पुलको काम गर्नुपर्छ: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले राज्य र जनताका बीचमा पुलको काम गर्नुपर्ने बताएका छन् ।

सञ्चारमाध्यमले सरकारका काम जनतासमक्ष र जनताका समस्या सरकारसमक्ष पु¥याउनुपर्ने बताउदै उनले भनिन्, “सरकारी सञ्चारमाध्यम जनता र राज्यका पुल हुन्, जनताका गुनासा, आशा अपेक्षा सरकारसमक्ष र्पुयाउन सक्नुपर्छ, सरकारले गरेका सकारात्मक कामलाई जनताका बीचमा र्पुयाउनुपर्छ ।”

उनले मातृभाषाका सञ्चारमाध्यमले स्रोत र साधनका सीमितताका बीच प्रभावकारी काम गर्न नसकिरहेको अवस्थामा राससले सञ्चालन गरेको मातृभाषाको समाचार सेवाबाट ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरिन् ।

Advertisement

मन्त्री शर्माले राजनीतिक परिवर्तन पछाडि नेपालको समावेशी चरित्र बाह्य जगतले अनुकरण गर्न लायक बनेको उल्लेख गर्दै राज्यका सबै निकायमा समावेशिताको प्रभाव र असर देखिन थालेको बताइन् ।