काठमाडौं । प्रहरीले तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि लामो समयदेखि उनलाई खोजी रहेको र अहिले पक्राउ परेका हुन् ।
बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।