काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाँदैछन् । उनी भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न चितवन जान लागेका हुन् ।
प्रधानमन्त्रीले चितवनको भरतपुर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।
अहिले बिहान ११ बजे प्रधानमन्त्री चितवन जाने कार्यक्रम छ भने दिउँसो ४ बजे उनले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।