काठमाडौं । सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ। प्रहरीका अनुसार आज बिहान साढे १ बजे सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट भएको हो।
विस्फोटको सूचनापछि बिहानै २ बजे प्रहरीको टोली घटनास्थल पुगेको र विस्फोटबाट एनसेलको टावरका केही तारहरू जलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्फोट भएको स्थानमा ‘जनमुक्ति सेना नेपाल’ लेखिएको पर्चा भेटिएको छ ।
यसअघि गत चैत २ गते सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ दुम्जामा नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र बम विस्फोट भएको थियो। उक्त विस्फोटमा पनि यही समूहको संलग्ना रहेको प्रहरीको भनाइ छ ।
विस्फोट गराउनेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।