November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

युवा एवं बौद्धिक जनशक्ति पलायन रोक्न सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा एवं बौद्धिक जनशक्ति पलायन रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार विश्व श्रमिक दिवस, २०२४ का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई युवाको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका हुन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राख्न गम्भीरताका साथ लागिरहेको उनको भनाइ छ। श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको पनि उनले बताएका छन्।

Advertisement

प्रधानमन्त्री प्रचण्डले श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासको आधार रहेको भन्दै श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन्।