काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका चार बुँदे सहमति भएको हो ।
उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ । यससँगै संघले आन्दोलन फिर्ता लिने भएको छ भने आजैदेखि पेट्रोलपम्पहरु सुचारु गरिएका छन् ।
