November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

प्रचण्ड–माधव नेकपाको यी दश स्थानबाट शुक्रबार विरोध प्रदर्शन सुरु हुने

काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शनमा नेकपा (प्रचण्ड–माधव समूह) ले शुक्रबार काठमाडौंमा दश स्थानबाट जुलुस निकाल्ने भएको छ।

शुक्रबारको विरोध प्रदर्शन र सभा वृहत् हुने केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन्। स्थायी समिति सदस्यहरुले काठमाडौंका विभिन्न स्थानबाट निस्कने प्रदर्शनको नेतृत्व गर्ने बताइएको छ। माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र वाल्मीकि क्याम्पसलगायतका स्थानबाट विरोध सुरु हुने भएको छ।

सबै स्थानबाट आएको जुलुस रत्नपार्कमा केन्द्रित हुने भएको छ। रत्नपार्कमा केन्द्रित भएको मूल जुलुसको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको जुलुस रत्नपार्क-पुतलीसडक-भद्रकाली-सहिदगेट-सुन्धारा हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने भएको छ।

Advertisement