काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने प्रगतिबारे आज जानकारी गराउने भएका छन् । आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सय दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन्।
एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए ।
कांग्रेस-एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।