काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित मागपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको ‘जेनजी’ समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
सोमबार प्रधानमन्त्रीसँग ज्ञापनपत्र बुझ्न भेट नपाएपछि गेटमै टाँसेर फर्किएको ढुंगाना नेतृत्वको जेनजी समूह आज पुनः प्रधानमन्त्री भेटका लागि सिंहदरबार पुगेका हुन् ।
टोली दिउँसो १२ बजे सिंहदरबार पुगेको भए पनि सुरक्षा व्यवस्थापकहरूले उनीहरूलाई भित्र जान अनुमति नदिएका कारण टोली बाहिरमै रोकिएको जेनजी समूहले जनाएको छ।
उक्त क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी र नेपाली सेना तैनाथ छ।