काठमाडौं । सर्वोच्च अदालतले परमादेश जारी गर्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमा पुनर्बहाल गर्न आदेश दिएपछि शाक्यले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् ।
जेन–जी प्रदर्शनपछि बनेको अन्तरिम सरकारको उर्जा, जलस्रोतमन्त्री बनेका कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने निर्णय गरपछि आफूलाई कानुन विपरीत हटाइएको भन्दै शाक्यले सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरिएका शाक्य सर्वोच्च अदालतको परमादेशसँगै बुधबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा आफ्नो कार्यभार सम्हाल्ने तयारीमा छन् । प्राधिकरण केन्द्रीय कार्यालयमा उनलाई स्वागत गर्ने तयारी छ ।
उनलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेका थियो ।