काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि उनी प्राधिकरणको कार्यालयमा पुगेर पदबहाली गरेका छन् ।
पदबहाली लगत्तै शाक्यले दुहबी सबस्टेसनका लागि आवश्यक ‘स्पेयर पाट्र्स’ (जगेडा पुर्जा) खरिद गर्ने निर्णय सदर गरेका छन् ।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले दुहबी सबस्टेसनको काम अत्यन्त जरुरी रहेकोले फटाफट अघि बढाउन आफूले पहिलो निर्णयका रूपमा यसलाई सदर गरेको बताए ।
शाक्यले आफूले भोग्नुपरेको कानुनी झमेला र ‘दुर्घटना’ अरू कुनै कारणले नभई केवल प्राधिकरणको एमडी पदमा रहेकै कारण सिर्जना भएको बताए ।