काठमाडौं । गृहमन्त्री ओमप्रकाश फागुन २१ मै अर्यालले प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन्। गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले निर्वाचनको तयारी अघि बढाएको हुँदा निर्वाचनबारे धेरै आशंका नगर्न आग्रह गरे।
गृहमन्त्री अर्यालले देशमा फेर द्वन्द्व दोहोरिन नदिनका लागि समेत तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको बताए। उनले भने, ‘अहिलेको सरकार मात्र होइन, मूलधारका राजनीतिक दलहरू पनि चुनाव गराउने तयारीमा जुट्नुपर्यो । हाम्रो मूल रणनीति कुनै पनि अवस्थामा द्वन्द्व नदोहोरिन दिनु हो ।’
मुलुकको संकटपूर्ण अवस्थालाई सामान्यीकरण गर्दै शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिँदै गरेको पनि उनले बताए ।