August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

चुनावबारे अफवाह फैलाएको आरोपमा एक जना पक्राउ

२०८२ फाल्गुन १९

काठमाडौं । सुनसरीमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई असर पर्नेगरी अफवाह फैलाएको आरोपमा इनरूवा नगरपालिका–३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर पक्राउ परेका हुन् ।

उनलाई साइबर ब्युरोको प्राविधिक सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

उनको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।