November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

सशस्त्र प्रहरीको गोली लागेर एक सफारी चालकको मृत्यु

काठमाडौं । सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीको गोली लागेर एक सिटी सफारी चालकको मृत्यु भएको छ । गएराति भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका दुई वटा सफारीमा सवार समूहसँग मुठभेट भएपछि हुँदा ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।

साहको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाका अनुसार गएराति १ बजेर १० मिनेटमा भन्सार छलेर सामान ल्याउँदै गरेकाहरूले सशस्त्र प्रहरीको गस्ती टोलीलाई आक्रमण प्रयास गरेपछि गोली चलाउनु परेको हो।

Advertisement

उनीहरूले सशस्त्रको टोलीलाई आक्रमण प्रयास गरेपछि जवाफी कारबाही गरिएको उनले बताए ।

सफारीमा भारतबाट चिनी र अन्य किराना सामान लिएर आउँदै गरेकाहरूसँग सशस्त्रको जम्काभेट भएको दाबी गरिएको छ ।