November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

संगीत तथा चलचित्रकर्मी यशकुमारका अनुसार तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।


इन्डियन आइडल सिजन-३ का विजेता बनेका तामाङ नेपालमा अभिनेतासमेत हुन् । ‘गोर्खा पल्टन’ जस्ता हिट नेपाली चलचित्रमा अभिनय गरेका तामाङका थुप्रै नेपाली गीत चर्चित छन् ।

Advertisement

तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।