November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा लड्न चार जनाले लिए मनोनयनपत्र

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सभापतिका लागि चार जनाले मनोनयनपत्र लिएका छन् ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार हालसम्म सभापति लड्ने भन्दै चार जनाले मनोनयनपत्र लिएका हुन् ।

मंगलबार साँझ साढे ७ बसेसम्म उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय छ ।

Advertisement

गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन जारी छ ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।