काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुने छ।
यस्तै, निर्वाचनको तयारी, व्यवस्थापन र आवश्यक निर्णयबारे पनि बैठकमा चर्चा हुने बताइएको छ।