November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

कांग्रेसको निर्वाचन प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न निर्वाचनका लागि तयार पारिएको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको हो ।

पार्टी सभापति गगन थापाको नेतृत्वमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन केन्द्रित नीति, कार्यक्रम र प्रतिबद्धताहरू समेटिएको प्रतिज्ञा पत्र अनुमोदन गरेको बताइएको छ ।

पार्टीले उक्त प्रतिज्ञा पत्र आजै मधेश प्रदेशको राजधानी जनकपुरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

Advertisement

सार्वजनिक गर्नुअघि पार्टीको औपचारिक बैठकबाट प्रतिज्ञा पत्र पारित गरिएको कांग्रेसले जनाएको छ । अब कांग्रेसले निर्वाचन अभियानलाई थप तीब्र बनाउने तयारी गरेको छ ।