November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

गौर नगर क्षेत्रभित्र पुन: निषेधाज्ञा जारी

२०८२ फाल्गुन १०

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुन: निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।

गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६ः३० बजेदेखि ८: ३० बजेम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो ।

Advertisement