November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २३ जना घाइते

२०८२ फाल्गुन १०

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ७ बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको विद्युत्‌को पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा गएको ट्राफिक प्रहरीसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्यदेखि मध्यम घाइते भएका छन् ।

Advertisement


घाइते सबैलाई उद्धार गरी उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।