काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरू धर्ना बसेका छन्।
सोमबार जेनजी मुभमेन्ट अलायन्ससहित विभिन्न समूहमा आबद्ध युवाहरू आँखामा कालो पट्टि बाँधेर माइतीघरमा धर्नामा बसेका हुन्।
जेनजी आयोगको प्रतिवेदन मल्लिक आयोग, रायमाझी आयोग, लाल आयोगजस्तै नबनाउन पनि उनीहरूले माग गरेका छन्।