November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

बालेन प्रधानमन्त्री हुनु राजनीतिक ऐतिहासिक रुपान्तरण हुनु हो: निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बालेन शाह प्रधानमन्त्री हुनु राजनीतिक ऐतिहासिक रुपान्तरण हुनु बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै निधिले बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ र पहिलोपटक एउटा मधेसी व्यक्ति प्रधानमन्त्री हुँदैछ भनेर खुसी व्यक्त गरेका हुन्।

उनले यो पुस्तान्तरण मात्र मात्र नभइ असली र ऐतिहासिक  राजनीतिक रुपान्तरण भएको उल्लेख गरेका छन् । देशी र विदेशी सबैले यो सत्य  संज्ञानमा राख्नुपर्ने भन्दै  आफूले चुनाव हारे पनि साह्रै हर्षित भएको उल्लेख गरे। 

Advertisement