काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन्।
ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको जनाइएको छ।
सर्वोच्च अदालतको आदेश अनुसार जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि आजै छाड्ने उनले बताए।